जुवा खालमा मेरो देश !


चुनावमा खाएको
मासु,
एक प्याला दारूले,

एक प्याकमा
झोलिएर मातेका,
मतदाता
देशको जिम्मेवारी
बोकेर,

पार्टीका झण्डा
फहराउदै,
सौदाबाजिमा उत्रिए,

देश र जनताको सेवा,
व्यापारको
ब्रान्ड तोकिदिए,

अामाहरू संस्कारमा,
हिलो छ्यापेर
जुवाडे सन्तान जन्माईदिईन,

गुण्डाका नाईके
विजयका माला,
पहिरिए,

जनताका
सेवक,
जुत्ताका माला लगाईए,

सत्ता विरोधी युवाहरू
अरबका खाडीमा
धपाईए,

कोइरालाहरू
नदिनाला, शासनसत्ता
दाऊमा लगाईदिए,


हारे,

माअोवादि
धन युद्धमा,
देशको स्वाभिमान दिल्लीको
दाऊमा राखे,

डाक्टरहरू पनि
जुवा खालमा बसे,
विपामा मोहर
लगाईदिए,


हारे ।

कमल पोखरेल
शिवराज ३, कपिलवस्तु
२०७४/०६/०१

Comments