थ्रेसहोल्ड र राजनीति



कमल पोखरेल

नेपाली राजनीतिमा धेरै घटनाहरू अकस्मात ! विकसित हुने गरेका छन । हालै घोषणा गरिएको तीन पार्टीबिचको तालमेल पार्टी एकतासम्म पुग्ने बताईएको छ । नेकपा एमाले, नेकपा माअोवादि केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बिचको तालमेललाई धेरैले शंकाको दृष्टिकोणले पनि हेरेका छन । माअोवादि केन्द्रकै नेताहरूले पनि पार्टी एकता नभएर केन्द्रको एमालेमा विलय हो भनेका छन ।

नेपाली कांग्रेसका अधिकांश नेताहरूले तीन पार्टीहरूबिचको तालमेल हुदै पार्टी एकता गर्नेसम्मको अभियानले संविधान कार्यान्वयनमा वाधा पुग्ने बताएका छन ।
 नेपालको राजनीतिमा प्रजातान्त्रिक र वामपन्थी पार्टीहरूको छुट्टाछुट्टै शक्ति संञ्चय हुने देखिन्छ । यसै त संसदबाट थ्रेसहोल्ड लागू भएपछि नेपालमा क्रियासिल दुई दर्जनबढि पार्टीहरूको तीन प्रतिशत मत अाउने सम्भावना देखिदैन ।

 नेपालको कम्युनिस्ट
इतिहासमा केही नेताहरूले वामपन्थीहरूको एकता दशकौं अघिदेखि अावश्यकता अौल्याएका थिए, तर एमालेलाई माअोवादि केन्द्रले यथास्थितिवादी, संसदवादी लगाएतका अारोप लगाउथ्यो । एमाले पनि कम थिएन केन्द्रलाई उग्रवादि, भाइ कांग्रेस लगायतका अारोप लगाउथ्यो, यी दुई पार्टीबिचमा मार्गनिर्देशक सिद्धान्त खासै फरक नभए पनि एमाले मार्क्सवादी ठान्छ, केन्द्र माअोवाद ठान्छ । यसरी हेर्दा वाम एकता चुनावी रणनीति हुन सक्ला प्राकृतिक सम्बन्ध गाँसिएको भन्न सकिदैन ।

Comments