असफल दस्तावेज



जिवनको समाधिस्थल भेटिएन,
खालि भेटिए,
हातका अौलाहरू खियाएर,
कोरिएका असफल
दस्तावेजका गुन्टा,

फेरि
सहास बटुलेर
अाँखा चिम्लिन खोजे,
डिलमा झुन्डिएको
बाँध फुटेर,
बतासमा मिसियो ।

अझै सुकेको छैन, पाँच रूपैयाँ
पर्ने पेनले कोरेका डोव,
दस्तावेजले हराम गरेका,
ती भोका दिनहरू
अनिन्द्राले
बिहान भएका रातहरू

बर्षौ पहिल्यै सन्दुकमा थन्क्याएको छु,
दस्तावित मुस्कान,
भयानक अाँखाशीत
खुस्वुसित
स्पर्शशीत

भाग्दै, भाग्दै
पोहोर
पर्हार
अहिले पनि

प्रतिकुलतामा उत्रिने,
मनोविज्ञान,
सुन्दरताको फगत परिभाषा
सबै सबै,

जंगली सिकारजस्तो
निन्याउरो अनुहारमा
बेप्रतिकार,
बेमज्जासंग थन्क्याएर,
दराजमा
असफल दस्तावित जीवन ।

कमल पोखरेल
२०७४/०६/२१

Comments