थाङग्रिएर डस्विनमा,
मिल्काईएका पानाहरू
सपुतका अदम्य
साहस, गाथाहरू बोकेको
मेरो देश ।
पानाहरूमा
कुदिएको इतिहास
भुलेर,
अरवका खाडिहरूमा,
मान्छेहरूको
व्यापार चलिरहेछ । ।
फलामको खानिबाट
अस्मिता झुकिरहदा,
वेचैन बनिरहेको
मेरो देश ।
अरवका खाडिहरूमा
यत्रतत्र, छरिएर
स्वाभिमान पोखिदा,
परिवर्तनको ढोंग
रचेर,
लोकतन्त्र, गणतन्त्रका
पहरेदारहरू
कुखतको, उपचार
गर्न अमेरिका पुग्छन् ,
रूघाको उपचार गर्न,
दिल्ली पुग्छन् ,
तर
मुगुका जनता
सिटामोल,
जिवनजल नपाएर
मर्छन,
हो ! मेरो देशको अस्मिता,
दिल्लीका गल्लिहरूमा
ह्वाइटहाउसका
प्रशासनमा, खोसिएको छ ।
कमल पोखरेल
२०७४/०६
Comments