चौपट्टै
साँघुरा बाटाहरू
साँगुरा गल्लीहरूमा,
केही थान अात्माहरू,
भविष्य
खोज्दै,
भिडभाड छिचोल्दै,
अाफ्ना
पाइला चालिरहन्छन ।
थाहा छैन, गन्तव्य ?
तरपनि
उनिहरू हिडिरहन्छन,
बजारका गल्ली-गल्ली,
गाउँका खेत, खलियान,
नागवेलि सडकहरूमा,
फेरिपनि
प्रफुल्लित नभएर,
भित्रै गढेका मुस्कानहरू,
लामा सुस्केरा विर्सिदै,
पल्टनका लाहुरे जस्तै:,
पुस्ट देखिने,
यी मनुवाहरू
गन्तव्यविहिन
यात्रामा, हिडिरहन्छन !
तर
अचानक ! मेरो
मनमा,
असंख्य प्रश्नहरू
उब्जिन्छ,
उनिहरू को ........... हुन ?
उनिहरू कहाँ हिडिरहेछन ?
कमल पोखरेल
शिवराज -३
कपिलवस्तु

Comments