क्रमशः पल्टिदै,
सम्बन्धका अध्यायहरू
फेरिन्छन ।
उहीँ गाता, उहीँ अक्षरको
चिनजान,
फेरिएका शिक्षक,
सबै नतमस्तक बनेर,
अचेत बनेको,
श्यामश्वयत तस्बिरमा,
बिझेका काँडाहरू,
सिउरिएर, फुलका कथा
सुनाईरहेछु ।
कथाका पाठकहरू,
जिन्दगीका पानाहरू,
थपिदै,
बढिरहेछन,
सम्बन्धका अध्यायहरू,
जिन्दगीको उचाई
देखि सम्बन्धको
कठघरा सम्म,
तर
सकिएको छैन,
धैर्यता,
म भित्रको सहास
जिन्दगीका पानाहरू......... ।
कमल पोखरेल
शिवराज-३, कपिलवस्तु

Comments