कमल पोखरेल
२०७४-११-१२
उभिएको छु, चोकमा
अास्था गुमाएर,
शहरको मौन सौन्द्रयताका लागि
हो, शालिक हुँ म,
मलाई मौनता मन पर्छ ।
तिम्रो स्खलनको चर्को
कोलाहलमा,
सडकहरूमा
पार्टीपौवा
मानिसहरूमा
विरूप बनेको हुँ । म
तिमी विद्रोहको कालो झण्डा
फहराएर,
मेरो मौनता भंग नगर !
मलाई मौनतामै छोडिदेऊ ।
Comments